144703073_440682350411760_8771943108479994468_n_Cn3wQ6brGo.jpg

कर्णाली —कर्णाली प्रदेशमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ । बुट क्याम्प समापन शत्रलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे । मुख्यमन्त्री शाहीले भने, ‘सपना नै कामदार बन्ने देखेपछि मालिक कसरी बन्नु हुन्छ ? तपाईहरु कामदार हैन मालिक बन्ने सपना देख्नुहोस् ।’ मुख्यमन्त्री शाहीले बिजनेश इन्कुवेसनमा सहभागी यूवाहरुले कर्णालीको आर्थिक संमृद्धिमा महत्वपुर्ण भूमीका खेल्ने विश्वास व्यक्त गरे । पाँच दिनसम्म सञ्चालित विभिन्न क्षेत्रका व्यावसायीक रुचि भएका यूवाहरुको सहभागीता रहेको कर्णाली बेशीन कन्जरवेसनका चिफ अफ फाउण्डेशन आउटरिच गौरब देबकोटाले जानकारी दिए ।

त्यस्तै कार्यक्रम्ममा बोल्दै संस्थाका निर्देशक आशुतोष तिवारीले फाउण्डेशनले साना तथा लगु उद्यमीलाई लगानीमैत्री वातावरण तयार गर्न सहयोग गर्ने जानकारी दिए । कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन (केविसिएफ) र यूएसएआइडीको संयुक्त आयोजनामा प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक उक्त क्याम्पको आयोजना गरिएको हो । क्याम्प अवधिमा कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रा डा. नारायण पौडेल कर्णाली कृषि सचिव डा. राजेन्द्र प्रसाद मिश्र, कर्णाली अर्थसचिव डा.घनश्याम उपाध्याया लगायतको उपस्थिती थियो ।