Constitutional-Bench-3.jpg

काठमाडौं – संसद विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ । अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरेका छन् । ‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, जनतालाई दुःख दिने काम गर्नुभयो ।’उनले संसद विघटन गलत भएको तर्क समेत गरेका छन् ।