Star_Cricket_Photo_rpDBxZDU2G.png

काठमाडौं —कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रकम सङ्कलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी कलाकार र दुई समूहमा बाँडिएर आयोजना हुने क्रिकेट खेलमा एक समूह धुर्मुस र अर्काे सुन्तलीले नेतृत्व गर्नेछन् ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतको समेत सहभागिता रहने छ । २४ माघमा अयोजना हुने खेलबाट उठेको रकम रंगशाला निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।