prachanda_nepal_maitighar_dharna_9_uwK5lsz7r7.jpg

काठमाडौं —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघर मण्डलामा भइरहेको धर्नामा सहभागी भएका छन् । सो पार्टीका संघीय र प्रदेश सांसदहरु माघ १४ देखि माइतीघर मण्डलामा दैनिक धर्ना दिँदै आएका छन् । पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो । नियमित धर्नामा रहेका संघीय तथा प्रदेश सांसदहरुलाई साथ दिन आइतबार अध्यक्षद्वय प्रचण्ड र नेपाल सहभागी भएको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।