gold-rate-nepal-sun-chadi.jpg

काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा करोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य रुपमा उकालो लागेको हो । गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।