accident_logo.jpg

काठमाडौं – कैलालीको घोडाघाडी नगरपालिका –१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेका छन् । म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टरका चालकलाई सुक्खड प्रहरीले नियन्त्रणमा लिएको छ ।