Man-City-1.jpg

काठमाडौं – प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । युनाइटेडले आर्सनलसँग बराबरी खेलेपछि सिटीले ३ अङ्कको अग्रता बनाएको छ । शनिबार भएको खेलमा सिटीले शेफिल्ड युनाइटेडलाई १ –० ले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रिएल जेससले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

अर्को खेलमा युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे । सिटी २० खेलबाट ४४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । २१ खेल खेलेको युनाइटेड ४१ अङ्कसहित दोस्रो स्थानमा छ । २१ खेलबाट ३१ अङ्क जोडेको आर्सनल नवौं स्थानमा पुगेको छ । उता सातौं स्थानको एभरटन घरेलु मैदानमै न्युकासलसँग २ –० ले पराजित भएको छ । एभरटनको १९ खेलबाट ३३ अङ्क छ । जितपछि २२ अङ्क जोडेको न्यूकासल १६ औं स्थानमा पुगेको छ ।