badal_zqEgMT91EZ.jpg

काठमाडौं — नेकपा केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफूलाई ’लालगद्दार’ भन्नेहरुलाई प्रश्न गरेका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भने, ’केही साथीहरू मलाई लालगद्दार भन्नुभयो । म लालगद्दार भए उहाँहरू के गद्दार हो ? पार्टी फुटाउने उहाँहरु हो ।’ केहीअघि चितवनमा ’बादल लालगद्दार’ भन्दै कालो बेलुन उडाइएको थियो । बादलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा फुट पैदा गरेको आरोप पनि लगाएका छन् । ‘तपाईंहरूले जसरी पार्टीमा फुट पैदा गर्ने दुस्साहस गर्नुभएको छ, त्यसबाट पछाडि फर्किनुस’, गृहमन्त्री समेत रहेका थापाले भने, ‘आफ्ना गल्ती स्वीकार्नुस्, आउनुस् पार्टीमा फर्किनुस् । जनता एकता चाहान्छन् ।

उनीहरूलाई केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका फर्किन पनि अपील गरेका छन् । बादलले प्रचण्ड—नेपाललाई गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न पनि सुझाएका छन् । साथै उनले ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने भन्दै कटाक्ष समेत गरेका छन् ।