Sadak-Natak_Sansad-Dissolve-6.jpg

काठमाडौँ– प्रधानमन्त्रीको कदमविरुद्ध नेकपा दाहाल–नेपाल समूहले देशभर विरोधसभाहरुको आयोजना गरिरहेको बेला अनेरास्ववियूका विद्यार्थीहरुद्धारा ओलीको पुतला दहन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ ।

अनेरास्ववियूले संसद विघटनको विरोधमा आज शनिबार माइतिघर मण्डलामा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो । साथै प्रदर्शनका क्रममा नाटकसमेत प्रस्तुत गरिएको थियो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको विरोधमा अनेरास्ववियूले निरन्तर प्रदर्शन गर्दै आएको छ ।