2018115191covid-death.jpeg

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ सय ५० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । हाल देशभर २ हजार ७ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ पुगेको छ ।