dila_sangraula_5IqSMgqBim.jpg

बुटवल- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् । बुटवलमा शनिवार भएको एक कार्यक्रममा बोल्दै संग्रौलाले सरकारको प्रतिगामी र अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन् । ‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ । स्वतन्त्र न्यायालयले संविधान बमोचिम, कानून बमोजिम निर्णय लिनेछ,’–उनले भनिन् ।

संविधान, कानून तथा विधि कुनै कुरा मान्दिनँ भन्नु सर्वसत्तावाद भएको टिप्पणी गर्दै उनले कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताइन् । लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको पनि उनको भनाइ छ । उनले पाँच वर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरिन् ।