Madhav_nepalasd-768x511.jpg

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । धनगढीमा शनिबार नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘ओलीले चुनाव गराउलान् र प्रजातन्त्र बलियो होला भन्ने सोच्नुभएको छ भने भ्रमबाट मुक्त हुनुहोस ।’

यस्तै नेता नेपालले केपी ओली कहिल्यै पनि गणतन्त्रको पक्षमा नरहेको बताएका छन् । उनले भने, ‘केपी चुनाव गराउन चाहँदैनन् । देश अस्तव्यस्त बनाउन चाहन्छन् । लोकतन्त्र सकिए पनि गणतन्त्र सकिए पनि उनलाई मतलब छैन । ओली कहिल्यै गणतन्त्रको पक्षमा थिएनन् ।’