Liverpool_Airport_Interior.jpg

शनिबारदेखि जर्मनीले कोरोनाबाट अति प्रभावित विभिन्न पाँच देशका लागि आफ्नो नाका बन्द गर्ने निर्णय गरेको छ । बेलायत, आयरल्यान्ड, ब्राजिल, पोर्चुुगल र दक्षिण अफ्रिका हुँदै कुनै पनि माध्यमबाट पर्यटकहरु जर्मनी प्रवेश गर्न नपाउने जनाइएको छ । यो निर्णय १७ फेबु्रअरीसम्म लागुु हुने जर्मन सरकारले जनाएको छ । नयाँ स्वरुपको कोभिड १९ बाट यी देशहरु निकै प्रभावित छन् । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ स्वरुप पुरानो दाँजोमा निकै चाँडो फैलनसक्ने बताइएको छ । र, जर्मनीले आफ्नो देशमा महामारी थप नफैलियोस् भने सर्तकताका लागि यस्तो निर्णय लिएको हो ।

जर्मनीमा २२ लाखभन्दा धेरैमा कोरोना संक्रमण फैलिसकेको छ । त्यस्तै ५७ हजारभन्दा धेरै ज्यान गुमाइसकेका छन् भने १९ लाख ११ हजारजना निको भइसकेका छन् । अति प्रभावित देशको सुचीमा पहिलो नम्बरमा अमेरिका छ । यहाँ कोरोनाका कारण ४ लाख ४७ हजार ४ सय ५९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ब्राजिलमा २ लाख २२ हजार ७ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा २ लाख ५४ हजार १ सय ८४ जनाको मृत्युु भएको छ । युरोपमा सबैभन्दा धेरै मृत्यु बेलायतमै भएको छ । यहाँ कोरोनाले १ लाख ४ हजार ३ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, इटलीमा ८७ हजार ८ सय ५८ र फ्रान्समा ७५ हजार ६ सय २० जनाको मृत्यु भएको छ ।