stock-market-share-nepse.jpg

काठमाडौं— कोरोना त्रासकाबीच खुलेको सेयर बजारमा एक किसिमको रौनक नै आयो । अझ दशैं तिहार पछि त सेयर बजारमा बहार नै आएको छ । माघको दोस्रो साता भने लगानीकर्ताहरुका लागि बजार धेरै फलदायी हुन सकेन । माघको पहिलो साता ५३ अंक भन्दा धेरैले वृद्धि भएको सेयर कारोबार मापक नेप्से परिसूचक दोस्रो साता भने स्थिर देखियो । सबइन्डेक्सहरु केहि बढ्ने र घट्ने भए पनि समग्रमा बजार स्थिर देखिएको छ ।

साताको पहिलो दिन २ हजार ४ सय २४ दशमलव ८४ अंकमा पुगेर बन्द भएको कारोबार साताको अन्तिम दिन बिहीबार २ हजार ४ सय २५ दशमलव २९ अंकमा पुगेर रोकिएको छ । सातामा ५ दिन पुरै कारोबार हुँदा पनि बजार १ अंकले मात्रै सुधार आएको छ । अर्थात् माघको दोस्रो साता नेप्से परिसूचक स्थिर देखियो । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर २ हजार ४ सय ४० दशमलव ८८ अंकमा पुग्यो । तर मंगलबार भने दोहोरो अंकले ने घटेर २ हजार ४ सय २३ दशमलव ०९ मा झर्यो ।

बुधबार पुनः बढेर २ हजार ४ सय ४१ दशमलव ८५ अंकमा पुगेको बजार बिहमीबार भने घटेर २ हजार ४ सय २५ दशमलव २९ मा रोकिएको छ । अघिल्लो साता नेप्से परिसूचकले ऐतिहासिक नयाँ उचाई नै कायम गरेको थियो । यो साता भने नयाँ रेकर्ड राख्न नेप्सेले सकेन ।

बढ्न सकेन बैंकिङ सब इन्डेक्स

यो साता लघुवित्त, व्यापार, उत्पादन मूलक र बिमा कम्पनीहरुको सब इन्डेक्स वृद्धि भएको छ । तर बैंकिङ सहितका अन्य सबइन्डेक्सहरु भने घटे । बैंकिङ, हाइड्रोपावर, विकास बैंक र फाइनान्स घटठेका छन् । बैंकिङ परिसूचक सातामा ९ अंक भन्दा धेरैले घटेको छ । साताको पहिलो दिन आइतबार बैंकिङ परिसूचक १ हजार ९ सय ४४ दशमलव १५ अंकमा थियो । सोमबार भने बैंकिङ परिसूचकमा बहार नै आयो । बढेर १ हजार ९ सय ७५ दशमलव ७४ अंकमा पुगेको बैंकिङ परिसूचक मंगलबारदेखि भने घट्न सुरु भयो ।

मंगलबार घटेर १ हजार ९ सय ४८ दशमलव ९५ अंकमा झ¥यो । बुधबार र बिहीबार पनि यो क्रम जारी नै रहृयो मंगलबारको तुलनामा बुधबार २ अंकले बटेर १ हजार ९ सय ४६ दशमलव ७६ अंकमा झर्यो । बिहीबार पनि घटेर १ हजार ९ सय ३५ लशमव ७४ अंकमा झरेर बन्द भयो । विकास बैंक पनि करिब एक सय अंकले घटेर २ हजार ४ सय ४४ अंकमा झरेको छ भने फाइनान्स १८ अंकले घटेर १ हजार १ सय ५२ अंकमा झरेको छ । उता लघुवित्त, व्यापार र बिमा कम्पनीहरुले भने यो साता कमाएका छन् । यस अवधीमा व्यापार ७० अंकले बढेर ६ हजार ९४ दशमलव ३३ अंकमा र लघुवित्त ४६ अंकले बढेर ४ हजार १ सय ५६ अंकमा पुगेको छ ।