udghatan_WFLpwKsDkz.JPG

चितवन—प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । शनिबार दिउँसो ओलीले पण्डितको मन्त्रोच्चारणसँगै सडकको शिलान्यास गरेका हुन् । सो समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलको पनि सहभागिता रहेको थियो । ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ ।

निर्माणको चरणमा रहेको सिटी हल ओलीले फेरि जस लिने गरी शिलान्यास गर्न लागेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित नेकपा चितवन जिल्ला पार्टी कमिटीले विरोध गरेको छ । यसैगरी ओली चितवनमा पुग्दा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले प्रदर्शनसमेत गरेका छन् ।