protest-writer-5.jpg

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध लेखक तथा साहित्यकारहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । ‘प्रतिगमनविरुद्ध लेखक साहित्यकार’ नारा दिएर जनसाहित्य लेखक संघले प्रदर्शन गरेको हो । उनीहरुले प्रतिगमनविरुद्ध क्रान्तिकारी श्रृजनाहरु प्रस्तुत गरेर संसद विघटनको विरोध गरेका छन् । उनीहरुले प्रतिगमनका विरुद्ध प्रख्यात साहित्यकार तथा लेखकहरुका विचारहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।