kailali_rawal__4_bvMEeZtLtO.jpg

काठमाडौं — सुदूरपश्चिम प्रदेशको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभाअघि ¥याली निकालेर शक्ति प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा धनगढीमा बृहत विरोधसभाको आयोजना गरेको हो । विरोधसभालाई पूर्वप्रधानमन्त्री तथा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

¥यालीको नेतृत्व नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका थिए ।धनगढीको चौराहा र क्याम्पस रोडबाट सुरु भएको ¥याली कार्यक्रमस्थल खुलामञ्चम पुगेर टुङ्गिएको छ । यतिबेला कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।


kailali_rawal__2_xyIxD1aMi7.jpg