protest_1_UbsuNj2bhw.jpg

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आज शनिबार स्वतन्त्र नागरिकहरुले राजधानीमा प्रदर्शन गरेका छन् । ‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा डा. गोविन्द केसी, चर्चित पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका स्वतन्त्र नागरिकहरुको सहभागिता रहेको थियो ।

पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपनि त्यसको विरोध सर्वत्र हुँदै आएको छ । उनीहरुले ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअङ्कित प्लेकार्ड बोकेर सरकारको विरोध गरेका थिए ।