coronavirus-dark-1200x800.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर आज थप १ सय ५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । यस्तै आज देशभर थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँग देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार २५ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १ सय ४७ जना कोरोना सङ्क्रमितको आइसीयुमा र २७ जना कोरोना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार आज ३ सय ३३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६५ हजार ९ सय ९८ पुगेको छ । आज देशभर ३ हजार २ सय २१ पीसीआर परीक्षण भएको छ । र हाल देशभर ३ हजार २२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

उदयपुरमा १, झापामा २, पर्सामा १, बारामा २, सर्लाहीमा १, काठमाडौंमा ६३, काभ्रेमा १, चितवनमा २, दोलखामा २, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ५, पाँचथरमा १, सुनसरीमा १, ४, लमजुङमा २, बाग्लुङमा ३, स्याङ्जामा १, धनुषामा २, ललितपुरमा १४, सिन्धुलीमा १, कास्कीमा २०, तनहुँमा ३, पर्वतमा १, म्याग्दीमा कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा १, पाल्पामा १, बर्दियामा ३, बाँकेमा १, रुपन्देहीमा ४, जाजरकोटमा १, कञ्चनपुरमा १, कैलालीमा १ र बैतडीमा २ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।