Drama-about-sukhraj-shastri-death-penalty-3.jpg

काठमाडौं – संसद पुनर्स्थापनाको माग राखेर कलाकारहरूले नाटक प्रदर्शन गरेका हुन । बृहत नागरिक आन्दोलनको आह्वानमा आज टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक देखाएका छन् । शिल्पी थियटरका कलाकारहरूले शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन गरेका थिए ।

शहीद दिवसको अवसरमा आयोजित ‘प्रतिगमन विरुद्धको प्रतिरोध’ कार्यक्रममा लेखक नारायण ढकाल, रश्मिला प्रजापति लगायतले असंवैधानिक र अलोतान्त्रिक भन्दै संसद विघटन खारेज हुनुपर्ने माग समेत गरेका थिए ।