bhimsendas_lOAjtsAc38.jpg

काठमाडौं — नेपाली काँग्रेसका नेता तथा विघटन प्रतिनिधिसभाका सांसद भीमसेनदास प्रधानले नेपाली जनताले जोकर प्रधानमन्त्री पाएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौं क्षेत्रीय कार्यसमिति ६ द्वारा आयोजित संसद विघटनको विरोधसभा उनले भने, ‘नेपाली जनताले जोकर प्रधानमन्त्री पाए ।

केपी ओली र अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प जुम्ल्याहा दाजुभाइ हुन् । मास्क लगाएर मात्र हो ।’ प्रधानमन्त्री ओलीले न्यायालयमाथि धम्कीको भाषा बोल्ने गरेको पूर्व रक्षामन्त्री प्रधानले बताएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अनुहारमा कालो पोतेर ननिस्किने बताएको प्रधानले बताएका छन् ।