try.jpg

विराटनगर —नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको कदमले मुलुक गृहयुद्ध र द्वन्द्वतिर धकेलिन लागेको बताएका हुन् ।

आज केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिदैछ’ नेता भटराईको भनाई छ । उनले नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नभएको बताए । उनले ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको पनि बताए ।