Jhalanath-Khanal-450x450.jpg

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीसँग पार्टी फुटाउनका लागि चाहिने सङ्ख्या नभएको बताएका छन् । दाहाल–नेपाल पक्षले आज विराटनगरमा संसद विघटनविरुद्ध आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी फुटाउनका लागि केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत मत चाहिने भएपनि ओलीसँग त्यो सङ्ख्या नै नभएको जानकारी दिएका छन् ।

४० प्रतिशत सङ्ख्या नै नभएका प्रधानमन्त्री ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने समेत नेता खनालको भनाइ रहेको छ । बालुवाटारको भेला गुटको बैठक मात्र भएको उनले बताएका छन् । ओली समूहले गाउँगाउँ पुगेर नेकपा एमाले ब्यूँताउन खोजेको भन्दै नेता खनालले एमाले अब इतिहास भइसकेको बताएका हुन् । उनले भने, ‘नेकपा एमाले इतिहास भइसक्यो । अब माओवादी पनि इतिहास भइसक्यो । प्रचण्ड अब माओवादीका नेता होइनन् । आजको यथार्थ नेकपा हो ।’ खनालले केपी ओली एक नम्बरको ठक भएको समेत आरोप लगाएका छन् ।