2-23-1482477630.jpg

काठमाडौं – धनुषामा बसको ठक्करबाट लक्ष्मीनिया गाउँपालिका –३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका –४ सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसले आज बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जानकासरी दिएको छ ।