140538867_102414341853064_6079463781993369448_o.jpg

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहनरमसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।

(जसपा)ले माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्नेे निर्णय गरेको छ । बृहत जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले बताएका छन् । संघर्षका कार्यक्रम र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिएका छन् ।