Sajha-tanker.jpg

काठमाडौं – साझा पसल सेवा (सहकारी संस्था) ले इन्धन बोक्ने ५ वटा ट्याङ्कर आजबाट सञ्चालनमा ल्याएको छ । यस अघि पेट्रोल पम्पहरुमा लगानी गरेको संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग हुने ट्याङ्कर भित्र्याएको हो । २० हजार लिटर क्षमताका ५ वटा ट्याङ्कर साढे २ करोडको लगानीमा खरिद गरिएको संस्थाका कार्यकारी निर्देशक दिनेश पौडेलले जमनकारी दिएका छन् ।

‘इन्धन ढुवानीमा पनि अब साझा अघि बढेको छ, कुनै पनि परिस्थितमा जनताको सेवा गर्न तयार छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । नयाँ ट्याङ्करहरुले आजदेखिनै पेट्रोलियम ढुवानी थाल्ने संस्थाले जानकारी दिएको छ ।