policearrest_copy3.jpg

काठमाडौं –प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज धनतोला पञ्चायत–१ महमारी खरुवानटोल थाना दिगल बैंक निवासी २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह रहेका छन् । झापा गाउँपालिका–४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९ सय ८० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।