Anera-Swabiyu.jpg

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसमा मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार, सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिनेदेखि स्थानीय तह र प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेका छन् । त्यस्तै कालो झण्डा, चक्का जाम, विविभन्न पक्षहरुसँग छलफल लगायतका कार्यक्रमहरु पनि तय गरेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।


oo_o3JWTOLmuJ.jpg


1_ZK3d9diZhf.jpg