sbi-lifes-1-3-billion-ipo-opens-tomorrow.jpg

काठमाडौं – नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ आज बाँडफाँड भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले १४ लाख ७५ हजार ८० वटा योग्य आवेदनहरु परेको जानकारी दिएको छ । क्यापिटलका अनुसार योग्य आवेदकहरु सबैले सेयर हात पारेका छन् । ६ हजारभन्दा धेरैको आईपीओ आवेदन भने रद्द भएको छ ।

योग्य आवेदकमध्ये ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी सबै योग्य आवेदकलाई ५० कित्ताका दरले सेयर परेको क्यापिटलले जानकारी दिएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आईपीओमा मागभन्दा २.३९ गुणा धेरै आवेदन परेको थियो । आईपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए ।