accident_logo.jpg

काठमाडौं – मकवानपुरको बकैया गाउँपालिका –४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । आज विहान करिब ९ बजेको समयमा धरान–चतरा सडकखण्डको छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३ ख ३३४४ नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेहरुको छतिवनस्थित प्रहरी चौकी हात्तिसुँढेमा प्राथमिक उपचार गरिएको थियो । गम्भिर घाइते भएका ७ जनालाई थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ । गम्भिर घाइते भएकाहरुको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी छतिवनका प्रहरीले उद्धार गरेका थिए ।