Shahid-Diwas.jpg

काठमाडौं – विवेकशील साझा पार्टीले शहीदगेटमा एक कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाएको छ । पार्टीमा आवद्ध युवाहरु भेला भएर शहीद दिवस मनाएका हुन् । उनीहरुले साङ्केतिक तथा साहित्यिक कार्यक्रममार्फत शहीद दिवस मनाएका छन् । शहीद दिवस मनाउन पुगेका युवाहरुले ‘व्यवस्था बदल्न जन्मिएको म राष्ट्रले शहीद बनायो’ लेखिएको कालो ब्यानर सहित प्रदर्शन गरेका थिए । देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीरको सम्झनामा प्रत्येक वर्षको माघ १६ गतेका दिन शहीद दिवस मनाउने गरिएको छ ।


IMG_20210129_090745.jpg