काठमाडौं – संसद विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । निरन्तर सुनुवाई शुरु भएपछि आज १२ औं दिन सो मुद्दामा सुनुवाई हुँदैछ । प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीशसहित पाँच न्यायाधिशले पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिसँग संसद विघटनको लिखित कारण मागेका थिए । आज नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुने भएको छ । गुरुङसँगै निवेदन दिएका अर्का सांसद एवं अधिवक्ता कृष्णभक्त पोखरेलले हिजो बहस गरेका थिए । उनको बहस सकिएको छ ।
आज कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सहित चारजनाले बहस गर्नेछन् । अदालतमा दर्ता भएको गुरुङ समूहको निवेदन आठौं हो । आइतबारबाट अधिवक्ता किर्तिनाथ शर्मा पौडेल र अमिता गौतम पोखरेलको निवेदनमाथि सुनुवाइ शुरु हुनेछ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेकी थिईन् । संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै खारेजीको माग गरेर सर्वोच्चमा १३ वटा रिट दायर भएका छन् ।