corona-testing.jpg

काठमाडौं – देशभर आज थप २ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । आज देशभर ३ हजार ७ सय ९१ पीसीआर परीक्षण भएको छ । हाल देशभर ३ हजार २ सय ३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।