_110706090_gettyimages-1195314045.jpg

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ७, भक्तपुरमा ६ र ललितपुरमा १० जना सङ्क्रमित थपिएका हुन् । हाल देशभर १ सय ४६ जना कोरोना सङ्क्रमितको आईसीयुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।