congress-birodh7-1024x682.jpg

काठमाडौं – संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । ¥याली नयाँ बानेश्वरबाट सुरु भएको थियो । प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गर्दै आएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन । संसद विघटन गरेर सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनावको घोषणा समेत गरेको छ ।