pm-kp-sharma-oli.jpg

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल समूहलाई ‘पिलोको सङ्ज्ञा दिँदै अहिले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । आज निकट श्रमिकहरुलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हिजोसम्म कमजोर र गएगुज्रेको रहेको पार्टी आज पिलो निचोेरेसँगै एकतावद्ध र गतिशील पार्टी भएको दावी गरेका हुन् । ‘हाम्रो पार्टी एकताबद्ध र अनुशासित पार्टी भएको छ’ ओलीले भने, ‘किन रहेछ भनेको त पार्टीलाई अराजकतातर्फ लैजानेहरु देशलाई उनले देश दोबाटोजस्तो भएको छ, भन्दै देशलाई दोबाटोमा र गलत बाटोमा लैजानेहरु समाजवादउन्मुख हुँ भन्न रुचाउने, श्रमिकको नाम लिएर नथाक्ने तर विदेशीको चाकडी गर्नेहरु रहेको समेत बताएका छन् ।

उनले त्यस्ता तत्वहरुले जहिले पनि आन्दोलनलाई कमजोर र शिथिल पार्ने गरेको आरोप लगाएका छन् । ‘हिजो गएगुज्रेको थियो पार्टी । बिमारी त्यही पिलो रहेछ’ ओलीले प्रचण्ड माधवप्रति लक्षित गर्दै भने, ‘हामी त हाम्रो घरमा छौ । केही तत्वहरुले मजदूरहरुलाई अल्मल्याएका छन् । झुठा आश्वसन बाँडेका छन् । त्यस्ता कुराहरुबाट मुक्त हुनुपर्छ र हामीले सही बाटोमा धारणा राख्नुपर्छ’ । प्रधानमन्त्री ओलीले आफ्नै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड माधवहरु लागेको भन्दै उनीहरु अहिले नक्कली देशभक्त बन्ने खोजेको आरोप लगाएका छन् । ‘अब पार्टीमा विकृति विसङ्गति, स्वार्थी प्रवृति, नीजि र पारिवारिक काम गर्ने प्रवृत्तिहरु किनारा लाग्छन् । यो महान शुद्धीकरण हो’ ओलीको भनाई छ ।