ghanshyam-bhushal-1140x720.jpg

बुटवल — प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएकोे बताएका छन् । उनले ओलीको पतन हुनेमा अब कुनै शङ्का नभएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताए ।

आफूहरुसामू ओली कि नेपालको आफ्नै बाटोमा हिड्ने विकल्प रहेको भन्दै उनले भने, ‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो ।’ त्यसविरुद्ध आफूहरु खडा भएको भएको भन्दै उनले ओलीको पतन निश्चित रहेको बताएका छन् । ‘सडकमा हराइन्छ, अदालतमा हराइन्छ । तर फेरि अर्को ओली नजन्मिने ग्यारेन्टी के हो ? जनतालाई भन्नुपर्नेछ’ भुसालले भनेका छन् ।