kp-oli-student-vela_2_x81DNj8dUN.jpeg

काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई ‘पिलोको संज्ञा दिँदै अहिले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । बिहीबार आफु निकट श्रमिकहरुलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हिजोसम्म कमजोर र गएगुज्रेको रहेको पार्टी आज पिलो निचोेरेसँगै एकतावद्ध र गतिशील पार्टी भएको दावी गरेका हुन् । ‘हाम्रो पार्टी एकताबद्ध र अनुशासित पार्टी भएको छ’ ओलीले भने, ‘किन रहेछ भनेको त पार्टीलाई अराजकतातर्फ लैजानेहरु देशलाई उनले देश दोबाटोजस्तो भएको छ भन्दै देशलाई दोबाटोमा र गलत बाटोमा लैजानेहरु समाजवादउन्मुख हुँ भन्न रुचाउने, श्रमिकको नाम लिएर नथाक्ने तर विदेशीको चाकडी गर्नेहरु रहेको बताए ।

उनले त्यस्ता तत्वहरुले जहिले पनि आन्दोलनलाई कमजोर र शिथिल पार्ने गरेको आरोप समेत लगाए । ‘हिजो गएगुज्रेको थियो पार्टी । बिमारी त्यही पिलो रहेछ’ ओलीले प्रचण्ड माधवप्रति लक्षित गर्दै भने, ‘हामी त हाम्रो घरमा छौ । केही तत्वहरुले मजदूरहरुलाई अल्मल्याएका छन् । झुठा आश्वसन बाँडेका छन् । त्यस्ता कुराहरुबाट मुक्त हुनुपर्छ र हामीले सही बाटोमा धारणा राख्नुपर्छ’ ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले आफ्नै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड माधवहरु लागेको भन्दै उनीहरु अहिले नक्कली देशभक्त बन्ने खोजेको आरोप लगाए । ‘अब पार्टीमा विकृति विसंगति, स्वार्थी प्रवृति, नीजि र पारिवारिक काम गर्ने प्रवृत्तिहरु किनारा लाग्छन् । यो महान शुद्धीकरण हो’ ओलीको भनाई छ ।