prachanda-madhav-protest-3.jpg

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा आज माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जानकारी दिएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन निरंकुशतन्त्र चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । प्रचण्ड–माधव समूहले हिजोदेखि माइतीघर मण्डलामा प्रत्येक दिन २ घण्टा धर्ना दिँदै आएको छ । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने सो समूहले जानकारी दिएका छन् ।