hospital9-png.png

काठमाडौं –सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरीयल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ३ महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमती गरेको थियो । उक्त सहमतीको ३ महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु धर्नामा बसेर विरोध जनाएका छन् । व्यवस्थापनले आफूहरुको कामको अवमूल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरुले जानकारी दिएका छन् ।

आफूहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने समेत उनहरुको भनाइ रहेको छ । श्रमिकको माग पुरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग सहिर्त धर्नामा उत्रिएका छन् ।