Supreme-court-Nepal.jpg

काठमाडौं – सर्वोच्च अदालतमा न्यायालयको अवहेलना तथा मानहानी सम्बन्धमा दायर विभिन्न रिटमाथि सुनुवाइ गरिरहेको बेञ्चमा वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले पूरक निवेदन पेश गरेका छन् । आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा अवहेलनासम्बन्धी विभिन्न रिट निवेदनको सुनुवाइ भइरहेको छ । सोही क्रममा त्रिपाठीले सर्वोच्च अदालतको नियमावलीको नियम ४७ अनुसार बिहीबार नै पूरक निवेदन दिएका हुन् ।

प्राज्ञिक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मानहानी भन्न नमिल्ने भन्दै उनले निवेदन पेश गरेका हुन् । सो विषयमा आफ्नो पनि सरोकार रहेको भन्दै उनले सुनुवाईमा सरिक हुन पाउँ भन्दै निवेदन पेश गरेका हुन् । त्रिपाठीले ४ पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढङ्गानाविरुद्ध परेको अवहेलनासम्बन्धी रिटका सन्दर्भमा चासो राखेका छन् । सोही इजलासमा प्रधानमन्त्री केपी शर्माओलीविरुद्ध दायर अवहेलना तथा मानहानीको मुद्दाको पनि सुनुवाई भइरहेको छ ।