prachanda-madhab-nepal.jpg

काठमाडौं – नेकपा (प्रचण्ड –नेपाल) समूहले सरकारले लिने कदम अनुसारकै प्रतिवाद गर्ने तयारी गरेको छ । केन्द्रीय संघर्ष समितिको आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन तरिकाले आउँछन्, आफूहरू पनि त्यही ढंगले जाने जानकारी दिएका छन् । ’अहिले सङ्कटकाल लगाउनेसम्मको चर्चा चलेको छ । त्यसैले हामीले पनि आवश्यक तयारी गर्न जरूरी छ,’नेपालको भनाइ उदृत गर्दै एक नेताले भने,’प्रधानमन्त्री ओली जुन ढङ्गले आउँछन्, हामी पनि त्यसको प्रतिवाद गर्ने गरी अघि बढ्नुपर्छ ।’

निर्वाचन आयोगले ४ सय ४१ को सर्वोच्चतालाई स्वीकारे पनि त्यसको निर्णलाई नस्वीकारेको समेत उनले बताएका थिए । प्रक्रिया नमिलेको भनेरमात्रै आयोगले प्रश्न उठाएको उनको भनाइ रहेको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ गते हुने जनप्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएका थिए । उनले आफूहरू राजनीतिक र कानुनी दुवै संघर्षमा रहेको समेत जानकारी दिएका छन् ।

सचिवालय बैठकले २२ गते युवा ¥याली निकाल्ने तयारी गरेको संघर्ष समितिका सदस्य एवम् केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । जनप्रदर्शनलाई केन्द्रमा राखेर वडा– वडालाई समेत जिम्मेवारी दिइएको उनले बताएका छन् । युवा विद्यार्थी र मजदूरलाई सडकमा उतार्ने प्रचण्ड–नेपालको तयारी रहेको छ ।