bibekshil-protest-1-2.jpg

काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा काठमाडौँको माइतीघर मण्डलामा ‘म नागरिक’ आन्दोलन प्रदर्शन गरेको छ । बिहीबार भएको प्रदर्शनमा सहभागीहरुले नागरिकले विधिको शासन, बलियो लोकतन्त्र, इमानदार नेता र नागरिकमुखी कार्य चाहेको सन्देश जाने प्लेकार्ड बोकेका छन् । यस्तै उनीहरुले कमलपोखरीको संरक्षणको पक्षमा पनि आवाज उठाएका छन् ।