Seattle-motorcycle-accident-attorney.jpg

काठमाडौं – सप्तरीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका –१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर रोलरमा ठोक्किँदा चालक तिलाठी कोइलाडी गाउँपालिका –३ सकरपुरा निवासी ३० वर्षीय शिवकुमार मुखियाको ज्यान गएकोे छ । मुखियासहित मोटरसाइकलमा सबार सोही ठाउँका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंग घाइते भएका छन् । घाइतेको विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।