Yeti-Airlines-ATR-72-500-aircraft.2e16d0ba.fill-650x500.jpg

काठमाडौँ – हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच व्यावसायिक सहकार्य हुने भएको छ । हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन् । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपिआइ) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले हस्ताक्षर गरेको यती एयरलाइन्सले जनाएको छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले हाल मध्यपूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ भने निजी लगानीको यती एयरलाइन्सले नेपालभर सञ्जाल विस्तार गरी विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ । सम्झौताअनुसार दुवै एयरलाइन्सले आ–आफ्नो टिकट जारी गर्ने, नयाँ सेवालाई समावेश गर्ने, यात्रीलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरूले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले दुई एयरलाइन्सबिचको सहकार्य हिमालय र यतीबिच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताएका छन् । यती एयलाइन्सका सिइओ रिमालले हिमालय एयरलाइन्सलाई साझेदारका रूपमा पाउँदा आफूहरूलाई खुशी र उत्साहित बनाएको जनाएका छन् । उक्त सहकार्यले व्यावसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो । दुवै एयरलाइन्सका वेबसाइटका माध्यमबाट यतीले यती एयरलाइन्स, तारा एयर र हिमालय एयरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा चाहेअनुसारको उडान सेवा छनोट गरी फाइदा लिन सक्नेछन् ।

दुवै एयरलाइन्सले व्यवसायका लागि नयाँ स्रोत ल्याउन, यतीका बीच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ । साझेदारीले सम्भावित यतीका लागि नवीन विचारहरू अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने जनाइएको छ ।