sun-chadi.jpg

काठमाडौँ –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।