Supreme_Court_Krishna_Khadka_5A_BxQocej9gA.jpg

काठमाडौं — प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च अदालतमा ‘अवहेलना मुद्दा’ को लर्को लागेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले माघ ११ मा प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाको रिट लिएर गएका थिए । सो रिटको काउन्टरमा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध रिट दायर भएका छन् ।कुमार शर्माको रिट दर्ता गर्न आनाकानी गर्दै सर्वोच्च प्रशासनले दुई दिन होल्ड गरेको थियो । तर, पूर्व प्रधानन्यायाधीशहरु र दमननाथविरुद्ध पनि रिट गएपछि मात्र बल्ल सर्वोच्चले सबै रिट दर्ता गरेर पेशीमा चढाउने सूचना निवेदकलाई दिएको हो ।

अधिवक्ता धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीबिरुद्ध रिट दर्ता गराएका छन् । पूर्व प्रधानन्यायाधीशबिरुद्ध लोचन भट्टराईले पनि रिट हालेका छन् । अधिवक्ता राजाराम घिमिरेले पूर्व प्रतिनिधिसभाका सभामुख दमननाथ ढुंगानाबिरुद्ध रिट हालेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीबिरुद्ध रिट हालेका छन् ।