shutterstock_1625183431-1170x658.jpg

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ सय २२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना सङ्क्रमित थपिएका हुन् । हाल देशभर १ सय ३९ जना कोरोना सङ्क्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।