142897575_3630482110322720_3349007745195652913_n.jpg

मुम्बई – दिवंगत अभिनेत्री श्रीदेवी र चलचित्र निर्माता बोनी कपुरकी कान्छी छोरी खुसी कपुर अभिनय सिक्नका लागि न्युयोर्कस्थित ली स्टार्सबर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्युट गएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनी न्युयोर्कमा हुने अभिनय कक्षा सकेर बलिउडमा प्रवेश गर्नेछिन् ।

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिनेछिन् । करण जोहरलगायत अन्य निर्माताहरुले खुसीका लागि चलचित्रमा अभिनयका लागि प्रस्ताव पनि गरिरहेका छन् । तर बोनी हतारमा छैनन्, न त खुसी । श्रीदेवी आफूले अभिनयको कुनै औपचारिक प्रशिक्षण नलिए पनि छोरीले भने राम्रो अभिनय स्कुलबाट अभिनय सिकोस भन्ने चाहिन्छन्, स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ ।