Supersonic-Car.jpg

एजेन्सी – जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा राखिएको छ । ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । २०१९ मा यो कार १ हजार १० किलोमिटर प्रतिघण्टाको गतिमा कुदेको थियो । कार निर्माता इयान वारहस्र्टले अब यो कारलाई बेच्न चाहेका छन् । २०१९ मा कालाहारी मरुभूमिमा ब्लडहाउड सुपरसोनिक कारले सबैभन्दा तीव्र गतिमा कुद्ने कारको रेकर्ड बनाउन सफल भएको थियो । अब यसको स्पिड बढाएर १ हजार २ सय ८८ प्रतिघण्टाको दरमा लैजान सकिने निर्माता वारहस्र्टबले बताएका छन् । तर, उनी यो कार बेच्न चाहन्छन् ।

उनले भनेका छन्, ‘अब म यो प्रोजेक्टमा पैसा र समय लगाउन मन छैन । मैले धेरै कुरा हात पारिसकेँ । अब अरु कसैले यो कारलाई बनाउनेछ । मैले १२ सय ८८ किलोमिटर प्रतिघण्टाको रेकर्ड तोड्न सकिन अब अरु कसैले तोड्नेछ ।’ विश्व इतिहासमा अहिलेसम्म जम्मा सातवटा कारले मात्र ९ सय ६५ किलोमिटर प्रतिघण्टाको गतिसम्म पुगेका छन् । तर ब्लडहाउस सुपरसोनिक कारले यसको रेकर्ड तोड्दै १ हजार १० किलोमिटर प्रतिघण्टाको दरले कुदेको थियो । सुपरसोनिक कारमा अहिले लडाकू विमानको इन्जिन जडान गरिएको छ । कार बेच्न चाहेको बताएता पनि वारहस्र्टले यसको मूल्य भने अझै खुलाएका छैनन् ।